
पूर्णपुष्टि,फागुन ९
मोरङको उर्लाबारी नगरपालिका–४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका–८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेको प्रहरीले जनाएको छ ।
को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १–०१–००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
