
पूर्णपुष्टि,फागुन ९
धनुषाबाट अपहरणमा परेका एक जना ७ बर्षीय बालकको ७ घण्टाभित्रै प्रहरीले उद्धार गरेको छ । बालकको अपहरणमा मामासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा पनि रहेका छन् ।
नगइराइन नगरपालिका–६ जटहीबाट रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा पाए लगत्तै प्रदेश प्रहरी खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरेको थियो ।
७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ । बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा प्रहरीले पेला पारेको होे ।
बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।
प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
