
पूर्णपुष्टि, जेष्ठ २६
मोरङमा राइफलको गोलीसहित दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरु दुवैजनालाई मंगलबार साँझ पक्राउ गरेको थियो ।
गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चचार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पदमकुमारको साथबाट एउटा खुकुरी र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
