Wednesday, September 2News That Matters

मौन अवधीको उल्लघंन भएको भन्दै बढ्दो उजुरी

पूर्णपुष्टि, बैशाख २८
उदयपुर जिल्लामा मौन अवधीको उल्लघंन गरी मतदातालाई प्रभावित पार्ने कार्य भएको भन्दै मुख्य निर्वाचन अधिकुतको कार्यालयमा उजुरी पर्न थालेको छ । मुख्य निर्वाचन दिपक खनालका अनुसार आज मात्र ५० भन्दा बढी उल्लघंनका उजुरी परेका छन् । प्राप्त उजुरीको छानविन गरी आवश्यक कारवाही हुने मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो “उल्लघंनको मात्र हेरी आर्थिक दण्ड देखी उम्मेदवारी खारेज सम्मको कारवाही हुन्छ ।” मुख्य निर्वाचन अधिकृत खनालले उम्मेदवारलाई मौन अवधीको पुर्ण रुपमा पालना गर्नु अनुरोध समेत गर्नुभएको छ । साथै उहाँले कारवाही गर्ने स्थिति सृजना नगर्न राजनितिक दल तथा उम्मेदवारलाई अनुरोध गर्नुभएको छ ।