Thursday, May 14News That Matters

म्याग्दीमा थप २ जनामा डेङ्गी संक्रमिण

पूर्णपुष्टि, बैशाख २७ गते । 

म्याग्दीमा थप दई जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गी पोजेटिभ देखिएको अस्पतालले जनाएको हो ।

शुक्रबार थप दुई जनामा डेङ्गीको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ९ पुगेको छ ।

कोरोना भाईरस संक्रमणको महामारी फैलि रहेको बेला डेङ्गीको संक्रमित फैलिन थालेपछि झनै जनजीवन प्रभावित बन्दै गएको छ ।  यसवर्ष निकै डेङ्गीले सताउने सङ्केत देखिएको चिकित्सकहरु बताउँछन् ।