Thursday, May 14News That Matters

कतारले डिपोर्ट गरेर नेपाल पठाएका श्रमिकको तलब पठायो

पूर्णपुष्टि, बैशाख २७ गते । 

गत मार्चमा कतार सरकराले डिर्पोट गरेर नेपाल पठाएका नेपाली श्रमिकले तलब पाउने भएको छ ।

अल ब्याण्डरी इन्जिनियरीङ ट्रेडिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत ८४ जना र अलुमुनियम गल्फ रे कम्पनीमा कार्यरत १० जना नेपाली श्रमिकले तलब लगायत नियमानुसार पाउन बाँकी रकम पाउने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सबैको तलब ३ लाख ४६ हजार ३ सय २० कतारी रियाल र काम गरेबापतको उपदान (ग्राचुइटी) २६ हजार ८ सय १ रियाल हुन गएको र उक्त रकम नेपाल पठाइसकेको दूतावासले जनाएको छ ।

दूतावासको समन्वयमा ती कम्पनीबाट पाउनु पर्ने रकम प्राप्त गरी गएको अप्रिल २२ गते नै टीटी गरी कन्सुलर सेवा विभाग काठमाण्डौमा पठाइसकेको दूतावासले जनाएको छ ।

त्याहाका प्रहरीले नेपालीलाई कोरोना जाँच गर्ने भनेर एक हप्तासम्म हिरासतमा लिएका थिए । पछि तलब र पाउनुपर्ने सेवासुविधा केही नदिएर डिपोर्ट गरेर नेपाल पठाएको थियो ।