Tuesday, June 2News That Matters

म्याजिक भेनको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, १ जना घाईते

पूर्णपुष्टि, माघ २७
झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व पश्चीम लोकमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।

हिजो दिउसो १ बजे पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ज १९१८ नम्बरको म्याजिक भेनले बिपरीत दिशा बाट जादै गरेको प्र १–०१–०१३ प ७३२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका ११ का ५४ बर्षीय दिलिप राजवंशी र पछाडि सवार बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए ।

दुवै घाईतेलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको थियो । पछाडि सवार कृष्णको सोहि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । म्याजिक भेन र चालक ईलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।