Tuesday, April 21News That Matters

म्यानमारी शरणार्थीलाई खाना र औषधिको व्यवस्था गर्न भारत तयार

पूर्णपुष्टि, चैत २१ 

म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्था गर्न भारत तयार रहेको जनाएको छ ।

भारत म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको तर अवैध घुसपैठलाई भने प्रोत्साहित गर्न नसक्ने जनाएको छ ।

म्यानमारमा दैनिक जसो हिंसात्मक प्रदर्शन भएसँगै त्यहाँका नागरिकहरु अवैध रुपमा भारत प्रवेश गरिरहेको भन्दै अवैध प्रवेशलाई रोक्नुपर्ने तर भारत आएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

म्यानमारबाट आएका नागरिकहरुलाई खाना र स्वास्थ्यको समस्या भएको छ । उनीहरुलाई शिविर स्थापना गर्न र आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ ।