
पूर्णपुष्टि, चैत्र २२
नेपाली चलचित्रको चर्चित नायिका प्रियंका कार्कि आमा बन्न लागेको संकेत गरेकी छिन् । आफ्नो अफिसियल फेसबुकमा आफ्नो पति आयुशमान देशराज जोशि सँग प्रेगनेन्ट संकेतमा तस्विर सार्वजानिक गरेर उनले आफु गर्भवती बन्न लागेकी संकेत गरेकि हुन् । उनले तस्विर सार्वजानिक गर्दै स्टाटसमा लेखेकी छिन् । तपाई अब सोध्न रोक्न सक्नु हुन्छ, हो हामि गर्ववती छौ,
विवाहपछि प्रियंका र आयुशमान भैसीपाटीमा खरिद गरेको नयाँ घरमा बस्दै आएका थिए । लकडाउनको क्रममा उनीहरु घरेलु जीवनमै मग्न रहे । यी सबै कुराको बेलिबिस्तार लगाउनुको कारण के भने, अहिले प्रियंका गर्भवती भएकी छिन् ।
यो कुरा उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । श्रीमान आयुशमानसँगै खिचाएको श्यामश्वेत तस्वीरमा उनको बेबी बम्पसमेत देखिएको छ । तस्वीरमा प्रियंका मस्त हाँसेकी छिन् भने, आयुशमान मख्ख छन् । प्रियंका लेख्छिन्, ‘यु क्यान स्टप आस्किङ नाउ ।
यस, वि आर प्रेग्नेन्ट ।’ यस्तो स्टाटसले प्रियंका अब आमा बन्ने पक्का भएको बुझिएको छ ।उनको यो खुलासासँगै त्यसमा प्रतिक्रिया दिनेहरुको ताँती लागेको छ । धेरैले उनलाई बधाई दिएका छन् । कतिले लेखेका छन्, ‘दुबै जना पो ?’ खासमा प्रियंकाले ‘वि आर’ भनी गरेको सम्बोधनप्रति धेरैको ध्यान तानिएको छ ।
