४ औँ फालेलुङ चौरी पर्यटन महोत्सव हुने

पूर्णपुष्टि, चैत २१ 

पाँचथरमा चौथो फालेलुङ चौरी पर्यटन महोत्सव २०८७ हुने भएको छ । फालेलुङ गाउँपालिका–४ मा रहेको तिनसिमाना क्षेत्रमा वैशाख १ गते चौँथो फालेलुङ चौरी पर्यटन महोत्सव २०७८ आयोजना हुने भएको हो ।

दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्था, कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाको संयुक्त आयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ ।

परम्परागत चौरी पालनलाई व्यवस्थित र व्यावहारिक तरिकाले पालन गरि दिगो आयआर्जन बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको प्रवर्धकमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका–४ नम्बर वडा कार्यालय रहेको जनाईएको छ ।

महोत्सवमा चौरी तथा याकको प्रजातिहरुको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागि ल्याइएको याकको प्रदर्शनी, चौरीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्री, तीनसिमाना क्षेत्रको मनोरम दृश्यहरुको दृश्यावलोकन, गोठ स्टेको अनुभव लिन सकिने छ ।

महोत्सवमा छिमेकी देश भारतसहित भुटानबाटसमेत अवलोकन गर्न आउने आयोजकले अपेक्षा गरेको छ । २०७४ सालदेखि आयोजना हुँदै आएको चौरी महोत्सव गतवर्ष भने कोरोना भाइरसका कारण आयोजना हुन नसकेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0