Thursday, June 18News That Matters

म्यारोडोना युगपछि नापोलीले पाहिलो पल्ट जित्यो सिरी ए को उपाधी

पूर्णपुष्टि, बैशाख २२ । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोना युगपछि पहिलो पल्ट नापोलीले इटालिएन सिरी ए को उपाधि जितेको छ । १९८९ र १९९० मा म्यारोडोनाको पालामा उपाधि जितेको नापोलीले ३३ बर्षपछि उपाधि जित्न सफल भएको हो ।

उपधिका लागी एक अंक आवश्यक रहेको नापोलीले उडिनेससँग १–१ को बराबरी खेल्दै उपाधि उचालेको हो । उडिनेसले घरेलु मैदानमा भएको खेलको १३ औं मिनेटमा आग्रता लिएपनि खेलको ५२औं मिनेटमा नपोलीले बराबरी गर्दै उपाधि जितेको हो ।