
पूर्णपुष्टि, कात्तिक १
यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।
गत जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यहि असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू–भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने हिजो बाहिरिएको हो ।
यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको महाशाखाले जनाएको छ ।
सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।

