Thursday, May 21News That Matters

यातायत कार्यालय गाईघाटबाट १० हजारले लिए लाइसेन्स

पूर्णपुष्टि, साउन २३ गते ।
उदयपुरको यातायात सेवा कार्यालय गाईघाटबाट आर्थिक वर्ष २०७८/०७९ मा करिब १० हजार जनाले सवारी चालक अनूमती पत्र लिएका छन् । जिल्लामा लाइसेन्स निकाल सुरु भएदेखि अहिले सम्म ९ हजार ९ सय ८ जनाले चालक अनुमति पत्र लिएका हुन् ।
यस्तै, कार्यलयमा सवारी सरुवा दर्ता ३ हजार ८ सय ९२ यातायात कार्यालय गाईघाटले जनाएको छ । कार्यालयलका अनुसार सवारी र्दताको लगत कट्टा १ सय ७९ हुदा सवारी दर्ताको नामसारी ४ हजार २ सय ४३ वटा भएको छ ।
यता, ८ हजार ५ सय २६ सवारीसाधन धनीले सवारीको नविकरण गराएका छन् । सवारी हेरफेर दर्ता र पुन सवारी दर्ता भने कसैले नगराएको कार्यालयको तथ्याङकमा उल्लेख रहेको छ । यातायात कार्यालयले २ सय ९ सवारीसाधनलाई रुट इजाजत दिएको छ भने २ हजार २ सय ७४ वटा रुट नविकरण भएका छन् ।
सवारी जाचपास २ हजार २ सय ६ भएको छ । १ सय १२ सवारीको प्रतिलीपी जारी भएको छ ।