
पूर्णपुष्टि, चैत ९ ।
देशभरमा यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा अनिश्चितकाल सम्मका लागि बन्द गरिएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
विद्युतीय समस्या समाधान नभएसम्मका लागि यातायान कार्यालयले प्रदान गर्ने सबै सेवा अवरुद्ध गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताउनुभयो ।
यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

