Sunday, May 3News That Matters

यातायात कार्यालयहरूद्वारा ट्रायल फेल भएकालाई अवैध रूपमा लाइसेन्स वितरण

पूर्णपुष्टि, साउन ७ । पछिल्लो एक वर्षमा नेपालका विभिन्न यातायात व्यवस्था कार्यालयहरूले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल परीक्षामा फेल भएका १,८९९ जनालाई अवैध रूपमा पास गराएको खुलासा भएको छ। यातायात व्यवस्था विभाग स्रोतका अनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका कार्यालयहरूले यस्तो गैरकानूनी कार्य गरेका हुन्।

विभागको तथ्यांक अनुसार ललितपुरको एकान्तकुनामा सबैभन्दा बढी ५२० जनालाई अवैध रूपमा पास गराइएको छ। त्यसपछि क्रमशः इटहरी, ठूलोभर्याङ, चाबहिल, बुटवल, कास्की र जगाती भक्तपुरका कार्यालयहरूले पनि यस्तो काम गरेको पाइएको छ।

विभाग स्रोतका अनुसार यो काम ट्रायल सञ्चालक, ट्राफिक प्रहरी र यातायात कार्यालयका कर्मचारीहरूको मिलेमतोमा हुने गरेको छ। आर्थिक लेनदेन गरी फेल भएकालाई पास गराइने गरेको बताइएको छ।

यसैबीच, २०७२ सालयता जारी भएका मध्ये १ लाख २ हजार ७११ लाइसेन्स नक्कली रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले यस विषयमा आन्तरिक अनुसन्धान भइरहेको र राष्ट्रिय सतर्कता केन्द्रले पनि चासो देखाएको बताएका छन्।

विकृति रोक्न विभागले ुएडीटीटीु ९अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक० प्रविधि लागू गर्न प्रस्ताव गरेको छ। यो प्रविधि लागू भए ट्रायलमा हुने अनियमितता रोक्न सकिने विभागको दाबी छ। यस प्रणालीमा क्यामराले सबै ट्र्याक मोनिटर गर्ने र सफ्टवेयरले नै परीक्षार्थीको पास(फेल निर्धारण गर्ने हुनाले मानवीय हस्तक्षेपको सम्भावना कम हुने विश्वास गरिएको छ।