Tuesday, July 7News That Matters

युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्री सहित १६ जनाको मृत्यु

पूर्णपुष्टि, माघ ४ गते । युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बालबालिका छन् भने १० जना बालबालिकासहित २२ जना घाइते भएका छन् ।

घाईतेलाई उपचारको लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । हेलिकप्टर दुर्घटना भएको युक्रेनीआपत्तकालीन सेवामा रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमा जानकारी दिए ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । हेलिकप्टर खसेपछी विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।