Tuesday, July 7News That Matters

विद्यार्थीलाई स्कुल ब्याक झोला साथै विपन्न परिवारलाई कम्मल वितरण

पूर्णपुष्टि,पुष४ । त्रियुगा नगरपालिका १३ असारीमा अवस्थित जनता आधारभुत विद्यालयका ६५ जना छात्रछात्राहरुलाई स्कुल ब्याक झोला साथै विपन्न परिवारलाई कम्मल वितरण गरेको छ । लाइन्स क्लव गाईघाट र लाइन्स अन्तराष्ट्रिय डिस्ट्रिक 25fका गर्वनर २०२३/२४का अध्यक्ष सिभ कुमार कटुवालले विद्यार्थीहरुलाई स्कुल ब्याक झोला र उनिको न्यानो टापी बितरण गरेको हो ।

कार्यक्रममा ६५ जना विद्यार्थीहरुले स्कुल व्याक, उनिको न्यानो टोपी पाएका छन् भने आसारीका ५० जना स्थानीय विपन्न परिवारले जाडोमा न्यानो कम्मल पाएका हुन् । उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन जारी छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न र चोसो मौसममा घरबाट विद्यालय सम्म विद्यार्थी आईपुग्दा चिसोको कारण स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै न्यानो कपडा साथै ब्याक झोला वितरण गरेको कटुवालले बताए ।

यता बिगत लामो समय देखि मोटरसाईकल दुर्घटनमा परी शारिरीक अवस्था कम्जोर भएका असारीका स्थानीय कुल बहादुर थापलाई लाइन्स क्लव गाईघाटले ह्वीलचियरु प्रादान गरेको छ । विद्यालयमा हाल सम्म १७३ जना मात्र विद्यालय रहेको जनता आधारभुत विद्यालयका प्रधानाध्यापकले बताए ।