Wednesday, April 22News That Matters

युरो कप आजदेखी सुरु, उद्घाटन खेल जर्मनी र स्कल्याण्डबिच हुने

पूर्णपुष्टि, जेठ ३२ । युरो कप फुटबल प्रतियोगिता २०२४ आजदेखी सुरु हुँदैछ । आजदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक जर्मनी र स्कल्याण्डबिचको खेल जर्मनीको म्युनिखमा नेपाली समय अनुसार रातिको १२:४५ बजे सुरु हुनेछ ।

जर्मनीले तेस्रो पटक आयोजना गरेको युरोको १७ औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म संञ्चालन हुनेछ । यसअघि जर्मनीले युरो कप सन् १९८८ मा आयोजना गरेको थियो भने सन् २०२० को संस्करण युरोकपको ११ देशमा युरोका खेल हुँदा जर्मनीको म्युनिखमा चार खेल भएको थियो । त्यस्तै सन् २००६ मा जर्मनीले विश्वकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता फिफा विश्वकप आयोजना गरेको थियो ।

यस प्रतियोगितामा युरोपका २४ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । सहभागी २४ राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ जसमा एक समुहमा ४–४ टिम समावेश गरिएको छ । (समुह ‘ए’ मा जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड) (समुह ‘बि’ मा स्पेन, क्रोएसिया, इटली, अल्वानिया) (समुह ‘सि’ मा इंग्ल्याण्ड, डेनमार्क, सर्विया, स्लोभेनिया) (समुह ‘डी’ मा फ्रान्स, नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रिया) र (समुह ‘एफ’ मा पोर्चुगल, टर्की, चेक रिपब्लिक, जर्जिया) रहेको छ । हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन् । यस्तै तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् । यस पटक युरोका खेलहरु जर्मनीको विभिन्न १० सहरको १० स्टेडियममा खेलाइनेछ ।