Sunday, June 28News That Matters

यूएईमा ४ महिनामा ८९ जना नेपालीको मृत्यु

पूर्णपुष्टि, असार २८

संयुक्त अरब एमिरेट्स यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको मृत्यु भएको छ । गत ४ महिनामा विभिन्न कारणले ८९ जना नेपालीको मृत्यु भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

त्यसमध्ये २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोरोनाका कारण ज्यान गुमाउनेमध्ये १ जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् ।

गतको मार्च अन्तिम सातादेखि सुरु भएर जुलाई पहिलो सातासम्ममा (लकडाउन अवधिभर) यूएईमा ८९ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । यूएईमा मृत्यु भएका ८९ जना नेपाली मध्ये ४२ जनाको अन्त्येष्टि यूएईमै गरिएको दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ । यूएईमै अन्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जना कोरोनाबाहेक अन्य कारणले मृत्यु भएका हुन ।

त्यस्तै कोरोनाको कारण ज्यान गुमाउने २९ जनाको पनि अन्त्येष्टि भइसकेको छ । बाँकी १८ जनामध्ये ११ जनाको शव नेपाल पठाइएको दूतावासले जनाएको छ । बाँकी ७ जनाको शव अझै पनि विभिन्न अस्पतालको शवगृहमा राखिएको छ ।