
पूर्णपुष्टि, असोज २१
यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेको छ । यूएईले सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
राष्ट्रिय आपत्कालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरणको समन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो ।
आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने र कोभिड १९ को सङ्क्रमणलाई कम गर्नको लागि वायुसेवा कम्पनीले लागू गरेका सावधानीहरु अपनाउनुपर्ने दुई वटै निकायले जनाएको छ । त्यस्तै रोजगारदाताले नै श्रमिकलाई लिन जानुपर्ने र सम्बन्धित निकायको समन्वयमा उनीहरुलाई १४ दिनसम्म क्वरेण्टीनमा राख्नुपर्ने हुन्छ ।
घरेलु कामदारको लागि पनि प्रवेश अनुमति खुल्ला गरिएको जनाएको छ । परिचय र नागरिकताको लागि संघीय प्राधिकरणका अनुसार वैध भिसा भएका सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिइनेछ ।

