Thursday, May 21News That Matters

यूएई : नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

पूर्णपुष्टि, बैशाख १७ गते । 

यूएईमा रहेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिममा नेपाली श्रमिकहरु पनि परेकाले अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण संकलन गर्न लागेको नेपाली दूतावासले जनाएको छ ।

यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने दूतावासले हिजो साँझ सूचना जारी गर्दै जनाएको छ ।

दूतावासको अधिकारिक वेवसाइटमार्फत वा  https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ लिंकमा गएर आवेदन भर्न सकिने छ । यो लिंक खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ ।

चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।