
गाईघाट/बैशाख, १७
सुनचाँदी व्यवसायी संघ उदयपुरले लकडाउनमा प्रभाव परेका ७५ मजदुर परिवारलाई खाद्यन्न राहत सहयोग गरेको छ । सुनचाँदी पसलहरुमा कार्यरत (कालिगढ) का विपन्न तथा मजदुर परिवारहरुलाई संघले खाद्यन्न राहत सहयोग गरेको उदयपुर सुनचाँदी व्यवसाय संघका अध्यक्ष गजेन्द्र बराइलीले बताउनुभयो ।
दैनिक सुनचाँदी पसलहरुमा काम गरि परिवार चलाईरहेको (कालिगढ) परिवारहरुलाई लकडाउनले गर्दा खाद्यन्नमा असर परेको भन्दै तत्कालका लागि भोकमरी बाट बचाउँन संघले खाद्यन्न वितरण गरेको बराइलीले बताउनुभयो ।
संघले २५ केजी चामल, २ प्याकेट नुन, २ पोका तेल, १ केजी सोयाविन र २ ओटा हात धुने सावुन सहितको खाद्यन्न राहत प्याकेज वितरण गरेको हो ।
यतिवेला धेरै मजदुरहरु मारमा परेको छ । लकडाउन थपिँदै जाँदा झनै भोकमरीको चपेटामा परेका यस्ता मजदुरहरुलाई सम्बन्धित निकायहरुले सहयोग नगर्ने हो भने आफुहरु ठुलो संकटमा पर्ने उदयपुर सुनचाँदी कालिगढ संघका मजदुरहरु बताउँछन् ।
मजदुरहरु बिगत देखि यस कार्यमा इन्डिया बाट समेत आएर काम गर्दै आइरहेको छ । लकडाउनको कारण घर फिर्ता हुन नसकी प्रभावित भएकाहरु आफन्तहरु कोहि नभएको अवस्थामा दैनिक कामबाट वन्चित भइ भोकमरीमा परेको सुनचाँदी व्यवसायी संघका केन्द्रिय सदस्य रमेश विश्वकर्माले बताउनुभयो ।
उहाँले बिषेशगरी त्यस्ता विचल्ली परिवारहरुलाई तत्काल समस्या बाट वन्चित गर्न आहिलेको अत्यावश्यकको रुपमा रहेको खाद्यन्न राहत वितरण गरिएको बताउनुभयो । उदयपुर सुनचाँदी कालिगढ संघको समन्वयमा जिल्ला सुनचाँदी व्यवसायी संघ उदयपुरले खाद्यन्न राहत सामाग्री वितरण गरेको हो ।
फोटोहरु


