Sunday, June 21News That Matters

रक्सी चोरेको आरोपमा लाहानमा कार्यरत प्रहरी सहायक निरिक्षक सहित तिन जना निलम्वीत

पूर्णपुष्टि, जेष्ठ १७

लाहानमा कार्यरत तिन प्रहरी रक्सी चोरेको आरोपमा निलम्वीत हुनु परेको छ । प्रहरी सहायक निरिक्षक सहित तिन जना प्रहरी निलम्वित भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालीग्राम शर्माले जानकारी दिए ।

निलम्वीत हुनेहरुमा प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा रहेका छन् ।

जेठ ९ गते लहान नगरपालिका–२३ गढिया चोकमा रहेको एसके मदिरा होटलमा तीनै जनाले रक्सी चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालीग्राम शर्माले जानकारी दिए ।

निषेधाज्ञाका बेला भइरहेको होटेलमा होहल्ला शान्त पार्न भन्दै उनीहरुलाई खटाइएको थियो । उनीहरु पुगेपछि होटेल सञ्चालक भागेका थिए । तीनै जनाले होटेलबाट विभिन्न प्रकारका रक्सी लिएर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।