
पूर्णपुष्टि, जेष्ठ १७
पाँचथरमा एम्बुलेन्स दुर्घटनाबाट एकजनाको ज्यान गएको छ भने दुईजना घाईते भएका छन् । याङवरक गाउँपालिका–२ बस्ने ५० वर्षीया ममता राईको ज्यान गएको हो । उक्त दुर्घटनामा सोही स्थानका १९ वर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा–३ का ५५ वर्षीय डोड कुमार राई घाईते भएका छन् ।
आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा ममता राई, हेमन सुब्बा र डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे ज्यान गएको हो । अन्य घाईतेहरुको अबस्था सामान्य रहेको छ ।
एम्बुलेन्स चालक पाँचथर हिलिहाङ–२ सिहापुर का २८ वर्षीय बिरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेको छ ।
