Wednesday, August 5News That Matters

सुकेटार विमानस्थलको नाम बदल्ने बिषयमा चर्को बिरोध, नाम नबदल्न फुङलिङ नगरपालिकाको माग

पूर्णपुष्टि, जेष्ठ १७

ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलको नाम बदल्ने बिषयलाई लिएर अहिले चौतर्फि बिरोध भएको छ । सुकेटार विमास्थललाई स्वर्गीय नेता रविन्द्र अधिकारीको नाम जोडेर नामाकरण गर्ने बिषयमा यसबारे बिभिन्न टिका टिप्पणी भईरहेको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सुकेटार विमानस्थललाई स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिएको बताएपछि जिल्लामा विरोध भइरहेको छ ।

यसै शिलशिलामा ताप्लेजुङको फुङलिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम नबदल्न सरकार सँग माग गरेको छ ।

सोमबार बिहान बसेको ७०औं कार्यपालिका बैठकले विमानस्थलको नाम सुकेटार नै राख्नुपर्ने निर्णय गरेको ८ नम्बर वडाध्यक्ष पदमसुन्दर पालुङवाले बताए ।

डीपीआरसमेत भएको फुङलिङ–१० र ११ को गोरुजुरेमा निर्माणाधीन रवीन्द्र स्मृति पार्कलाई पूर्णता दिन पनि नगरपालिकाले आग्रह गरेको छ । पहिलो वर्ष फुङलिङ नगरपालिकामार्फत ५० लाख र सहरी विकासमार्फत २० लाख गरी ७० लाख छुट्याएको सरकारले त्यसपछि बजेट विनियोजन गरेको छैन । एमालेको माधव नेपाल समूहसहित जिल्लाका ७ राजनीतिक दलले नाम परिवर्तन नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।