Monday, April 20News That Matters

रवि लामिछानेका सवारी चालक थापाको स्वस्थ्य अवस्था चिन्ताजनक

पूर्णपुष्टि,बैशाख ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निजी सवारी चाकल दिलबहादुर थापाको अवस्था अझै गम्भीर छ । गत सोमबार सभापति लामिछानेको निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापाको भरतपुरको तीन तले घरबाट खसेको थियो ।

अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका थापाको अवस्था चिन्ताजनक छ । ‘टाउकोमा गम्भीर प्रकृतिको चोट छ, छातीमा संक्रमण पनि छ। अवस्था क्रिटिकल छ,’ डाक्टर राणाले भने, ‘उपचारमा हाम्रो आइसियूको पुरै टिम खटिएको छ।’

प्रहरीका अनुसार चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ। यसैबीच चितवन प्रहरीले घटना अनुसन्धानका लागि रास्वपाका महामन्त्री मुकुल ढकालका चालकलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ड्राइभर दिलबहादुर थापासँग आइतबार रातिसँगै सुतेका रास्वपा महामन्त्री ढकालका ड्राइभ कालुराम राजवंशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।