
पूर्णपुष्टि, बैशाख ६ । राष्ट्रिय भिटामिन ‘ए’ अभियान आजबाट सञ्चालन गरिएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले ६ महिनादेखी पाँच बर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाईने जनाएको छ । मन्त्रालयका अनुसार आजबाट सञ्चालन गरिएको अभियान भोलि सम्म चल्नेछ ।
देशभरका बालबालिकालाई नजिकको स्वास्थ्य चौकीमा लगि भिटामिन र जुकाको औषधी खुवाउन मन्त्रालयले अभिभावकहरुलाई अनुरोध गरेको छ । यसपालि २७ लाख बालबालिकालाई भिटामिन ए र १ वर्षमाथिका २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ।
