
पूर्णपुष्टि,वैशाख १५ । चितवन २ को उपनिर्वाचनबाट भारी मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डले सांसद लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने बताएका हुन् ।
चितवनका जनताले अत्याधिक बहुमतका साथ लामिछानेलाई दिएको लोकप्रिय मतको पनि कदर गर्दै प्रधानमन्त्री प्रचण्डले लामिछानेले रोजेकै मन्त्रालय दिन तयार हुनुपर्ने बताए । अहिले देशको अर्थतन्त्र समस्याग्रस्त रहेको भन्दै उनले राष्ट्रिय सहमतिको विकल्प नरहेको पनि बताए ।
