
कान्तिपुर । १८ माघ, २०८२ ।
पर्यटन प्रवद्र्धन, साहसिक खेलकुदको विकास, वातावरण संरक्षण तथा युवाहरूमा सकारात्मक ऊर्जा जागरणको उद्देश्यले उदयपुरमा माघ १६ र १७ गते दुईदिन आयोजना भएको साईकल टुर “राइड टु कोशी २०८२” भब्यरुपमा सम्पन्न भयो । उदयपुर जिल्ला साइक्लिङ संघको आयोजना तथा त्रियुगा नगरपालिका र नेपाली सेनाको पशुपतीप्रसाद गण, बोक्सेको सहयोगमा देशभरीका २५० जना साईक्लिष्टहरुले जिल्ला सदरमुकाम गाईघाटदेखि त्रिनपा– १५ धाप्लाङसम्मको ६० किलोमिटर दुरी वारपार गरेका छन् ।









