
कात्तिक १ गते ।
आगामी अक्टोबर २६ मा हुन लागेको एल क्लासिको खेल स्थगित भएको छ । क्याटलोनियामा राजनीतिक अस्थिरताको समस्या देखाउँदै बार्सिलोना र रियल मड्रिडबीचको खेल स्पेनिस फुटबल महासंघले बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा हुने खेल स्थगित गरेको हो ।
महासंघले क्याटलोनियाको तनावका कारण एल क्लासिको खेल रियल मड्रिडको मैदानमा सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले यो प्रस्ताव अस्वीकार गरेपछि महासंघले खेल स्थगित गरेको हो ।
खेल डिसेम्बर १८ तारिखमा गर्न प्रस्ताव गरिएको छ । स्पेनिस ला लिगामा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याइरहेको छ ।
