
कात्तिक १ गते ।
सिन्धुपाल्चोकमा सामान्य विवाद हुदा एक युवाको विभत्स हत्या भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गतराति विजय गोलेको विभत्स हत्या भएको प्रहरीले जनाएको हो ।
हत्यामा संलग्न उक्त गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बिहीबार दिउँसो सामान्य विवाद हुदाँ गोलेको हत्या भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ भने घटनाको अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
