Saturday, April 18News That Matters

राजावादीको आन्दोलनमा प्रहरीको गोल लागी घाईते भएका एक प्रदर्शनकारीको मृत्यु

पूर्णपुष्टि, चैत्र १५ । राजावादी आन्दोलनको क्रममा तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएको छ । घाइते अवस्थामा अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा सुवास आचार्यले जानकारी दिए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

मृतकको पूर्ण परिचय अझै सार्वजनिक भएको छैन । प्रदर्शनको क्रममा प्रहरीले सुरुमा अश्रुग्यास प्रयोग गरेको थियो । त्यसपछि रबरको गोली र हवाइ फायर समेत गरिएको थियो । प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेको र सांघातिक आक्रमण गरेको दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रदर्शनकारीहरुले व्यक्तिगत घर, पसलहरू, सञ्चार गृह, सरकारी सम्पत्ति, कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका थियो भने कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट गरेका थिए ।