Sunday, May 17News That Matters

रामकुमारी झाँक्रि पक्राउ, पक्राउ पुर्जि पछि झाँक्रिले दिईन् गिरफ्तारी

पूर्णपुष्टि, माघ २९

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रिलाई भर्खरै प्रहरीले पक्राउ गरेको छ । राज्यमाथिको कसुरअन्तर्गत दफा ५८ अनुसार उनलाई पक्राउ गरिएको पुर्जिमा उल्लेख छ ।

ष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो ।

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् ।

झाँक्रिले निवासमै पत्रकार सम्मेलन गर्दै भनिन्, ’राज्यले नागरिकलाई बिनाकारण पनि २४ घण्टा थुन्न सक्छ । यो राजनीतिक कारण भएकाले पक्राउ पुर्जी लिएर आउनुहुन्छ भने मैले गिरफ्तारी दिनुपर्छ ।’ नेत्री झाँक्रीले आफूलाई एसएसपी दीपक थापाले फोन गरेर महाशाखामा उपस्थित हुन भनेपछि उनलाई राजनीतिक मुद्दा भएको भनी जवाफ दिएको सुनाइन् ।

झाँक्रीले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भएको बताइन् । उनले भनिन्, ’अहिले मलाई गर्न खोजिएको ह्यारेसमेन्ट होला । किनभने तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ति लगाउँछन् ।’

गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ । झाँक्रीलाई पक्राउन गर्न लागिएपछि उनको निवासमा भेला भएका नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले विरोध जनाएका थिए ।