Sunday, May 17News That Matters

पक्राउ पुर्जि सहित आउन प्रहरीलाई झाँक्रीको आग्रह

पूर्णपुष्टि, माघ २९

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूह नेतृ रामकुमारी झाँक्रिले आफुलाई पक्राउ गर्न पक्राउ पुर्जि सहित आउन प्रहरीलाई अनुरोध गरिन् । झाँक्रिलाई पक्राउ गर्न प्रहरी झाँक्रिकै निवासमा ठुलो संख्यामा पुगेको छ । झाँक्रिको पक्षमा ठुलो नाराजुलुस समेत भएको छ ।

“खड्गे चोर देश छोड” “रामकुमारी झाँक्रि हाईहाई केपी विद्या वाई वाई” लगाएतको नारा सहित चर्को आन्दोलन झाँक्रि समूहका कार्यकर्ताहरुले गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्री उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली गएको हो ।

नेतृ झाँक्रीले आफुलाई पक्राउ गर्न आएको प्रहरीको टोलीलाई पक्राउ पूर्जी लिएर आउन भन्दै आग्रह गरेकी छन् ।

नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा पुगेपछि कार्यकर्ताहरु भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

गोरखाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन् । सोही टिप्पणीलाई लिएर नेकपा ओली निकट अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेको थियो ।