Saturday, January 31News That Matters

रामकुमारी र दियाकाे जाेडी प्रथम

३ माघ, २०८२ ।
त्रियुगा ब्याडमिन्टन क्लवले आयाेजना गरेकाे प्रथम त्रियुगा मेयर ब्याड्मिन्टन कपमा र महिला डबल्स ब्याडमिन्टन प्रतियाेगितामा रामकुमारी राई र दिया राईकाे जाेडी प्रथम भएकाे छ । आज भएकाे फाईनल खेलमा एसाेदा राई र प्रेमिका राईकाे जाेडी दाेस्राे भयाे । तेस्राे दन्तकुमारी मगर र शाेभा राईकाे जाेडी तथा अनिशा राई र स्मृती दनुवारकाे जाेडी भए ।
त्यसैगरी मेन्स डबल्स (बि डिभिजन) मा लाेकमान श्रेष्ठ र अविनास अधिकारीकाे जाेडी तथा आदेश गरी र अशाेक तामाङकाे जाेडी फाईनलमा पुगेका छन् । फाईनल खेल आगामी माघ  ९ र १० गते हुने प्रदेश स्तरीय प्ररतियाेगिता संगै हुनेछ । यस ईभेन्ट्स तर्फ विजय नेपाल तथा सञ्जय खड्का र सुनिल सुब्बाकाे जाेडी तृतिय बनेका छन् ।

(पूर्णपुष्टिबाट साभार]