
पूर्णपुष्टि, फागुन २५ । राष्ट्रपति चयन गर्नका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो ।
राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
