Monday, April 20News That Matters

राष्ट्रपति पौडेलसँगको छलफलमा २० बढी जेनजी सहभागी हुने

पूर्णपुष्टि, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान १० बजे राष्ट्रपति कार्यालयमा जेनजीको प्रतिनिधि समूहसँग छलफल गर्दैछन् । छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछिन् ।

प्रारम्भमा १७ जना सहभागी हुने तय भए पनि बैठक सुरु हुनुअघि यो संख्या २२ पुगेको एक जेनजी अगुवाहरूले जानकारी दिएका छन् । बैठकमा जेनजीका विभिन्न मागहरूबारे विस्तृत छलफल हुने बताइएको छ । प्रधानमन्त्री कार्कीले जेनजीको प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेको अवस्थामा यो छलफल महत्वपूर्ण मानिएको छ ।