Sunday, January 4News That Matters

राष्ट्रिय चर्चा र महत्वका लागि उदयपुरमा न्वाङ्गी (नेमान) पर्व तथा दनुवारी खाना परिकार/सांस्कृतिक उत्सव हुदै

पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ ।
उदयपुरमा राष्ट्रिय न्वाङ्गी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव भब्यरुपले हुने भएको छ ।  दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मुल आयोजक समितिको आयोजना तथा संयोजनमा मंसिर २५ देखि तीनदिन बैरेनीचौरमा हुने भएको हो । मंसिर २५ गते दनुवार समुदायको मुख्यपर्वको रुपमा न्वाङ्गी पर्वलाई राष्ट्रब्यापीरुपमा आधिकारिक कार्यक्रम सार्बजनिक गरि सामुहिन न्वाङ्गी पुजा गरिदनेछ । उक्त दिन त्रियुगा नगरपालिकाले स्थानीय विदा दिने जनाइएको छ ।  
तीनदिनसम्म पर्वको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्व स्पष्ट पार्दै उत्सव मनाउने भएको छ । दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा उकास्ने अभियानलाई साझा गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा दनुवारहरुको परम्परागत न्वाङ्गी संस्कार, बृहद सांस्कृतिक मोटरसाईकल र्याली, ओपनफेस्ट भिलेज वातावरण, तीनदिने सांस्कृतिक महोत्सव, दनुवारी खाना परिकार, जातीय झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।
नेपालको सांस्कृतिक विविधता, सामुदायिक सहअस्तित्व, एकता र पहिचानको प्रतिकको रुपमा यस पर्वलाई सफल बनाउने आयोजकले जनाएको छ ।
यो पर्वलाई दनुवार समुदायले नयाँ अन्न अर्पण, पूर्वजप्रति सम्मान, धर्म, संस्कृति र कृषि परम्पराको पवित्र प्रतिकको रुपमा लिइएको छ । अस्तित्व, पहिचान, सभ्याता र सांस्कृतिक निरन्तरतासमेत प्रतिनिधित्व गर्ने ऐतिहासिक धरोहरको रुपमा लिएको छ ।