
पूर्णपुष्टि, फागुन २९ ।नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसीसँग एन्फाले एक बर्षको सम्झौता गरेको छ । आईतबार ३८ वर्षीय इटालियन नागरिक एनेसीसँग एक बर्षको लागी सम्झौता गरेको एन्फाले जनाएको छ । उनि हाल नेपालमै रहेका छन् ।
अव्दुल्लाह अल्मुताईरीले राजिनामा दिएपछि उनलाई एन्फाले नियक्त गरेको हो । यस बिचमा बंगलादेश र पाकिस्तानसँग हुने मैत्रीपुर्ण खेलका लागी एन्फाले प्रदीप हुमागाईं र प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो । नेपालका प्रशिक्षकसित प्रो लाईसेन्स नभएका कारण एन्फाले विदेशी प्रशिक्षक भित्राएको हो ।
