
राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशभर आफ्नो संगठनको विस्तार गने निर्णय गरेको छ । आइतवार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो ।
पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ । साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ। महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ ।
माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ ।
माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुने केन्द्रीय समितिले निर्णय गरेको हो ।
