
पूर्णपुष्टि,फागन १ । आज गृह मन्त्रालयले ‘जनयुद्ध दिवस’मा देशैभर सार्वजनिक बिदा दिने निर्णय संगै नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्यावबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुलाई ध्यानमा राखी बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको हो ।
सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ ।
राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ ।

