Wednesday, July 1News That Matters

आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

पूर्णपुष्टि,फागुन १ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को आईतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा हजारौँ नेपालीले ज्यान गुमाएका थिए ।

त्यसैको फागुन १ लाई १० वर्षे सशस्त्र जनयुद्धका क्रममा १३ हजार भन्दा बढी सहिदहरूले ज्यान गुमाएको फेहरिस्त छ । आज ज्ञात अज्ञात सबै सहिदहरू र तिनीहरूको बलिदानको चर्चा गरिन्छ ।