Thursday, June 11News That Matters

गाईघाटमा तुलसी बहुमुखी सहकारीका ४२ सय बढी बचतकर्ता बिचल्ली

पूर्णपुष्टि, माघ २९ गते । तुलसी बहुमुखी सहकारी संस्था गाईघाट शाखाका बचकर्ताहरु आन्दोलित अवस्थामा छन् । सहकारीका संञ्चालक फरार रहेको आशंकामा उनिहरु बिचल्लीत अवस्थामा छन् । बचतकर्ताहरुले तत्काल आफ्नो बचत फिर्ताको माग गर्दै कहिले कार्यालय घेराउ त कहिले छलफलमा जुटिरहेको छ । यता तुलसी बहुमुखी सहकारीले भने सबैको पैसा क्रमागत फिर्ता गर्दै जाने जनाएको छ ।

सहकारी र बचतकर्ताहरु बिच आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरको रोहबरमा भएको छलफलमा समधान बारे अझै टुँगो लाग्न सकेको अवस्था छैन् । सहकारीले अध्यक्ष आएपछि निर्णय गर्न सहज हुने जनाएको छ । अध्यक्ष तत्काल आउन सक्ने अवस्था नरहेको पनि जनाए । छलफलमा संञ्चालक समितिका अध्यक्ष मंगलबार तिर आउने जनाए । बचतकर्ताहरु भने पैसा फिर्ता हुने नहुने कुरामा ढुक्क नरहेको अवस्थामा छ । गाईघाट शाखामा करिब ४२ बढी बचतकर्ताहरु रहेको जनाईएको छ ।