
पूर्णपुष्टि, माघ २९ गते । बेलका नगरपालिकाका पूर्व मेयर दुर्गा कुमार थापाले कवुलियत बनको बिषयमा लेखिएको फेसबुक स्टास प्रति नगरपालिकाले आपत्ति जनाएको छ । थापाले व्यक्तिलाई तोकेर गैरजिम्मेवारी कुरा गरेको भन्दै बेलका नगरपालिकाले २९ गते प्रेस बिज्ञाप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ । थापाले फेसबुक स्टाटसमा लेखेका छन्“ कोशी टप्पुको कबुलियत बन खारेजिको मुद्दा बेलका नगरको तर्फबाट मैले लडदै आएको थिय । अब दुर्गा थापाले लडनु पर्दैन नगर आफैले लड्ने नगरले घोषणा गरे पछि म यो मुद्दाबाट आजबाट हटेको छु । आज २६ गते मुद्दाको पेशी छ । आज नगरको मिटिङ्ग नि थियो मैले उप मेयर मार्फत खबर गरेको छु । नगरलेले आज बहस गर्ने वकिल नराखेर मुद्दा हारेर कबुलियत बन निर्णय भयो भने तेस्को जिम्मेवार अशोक कार्की ज्युले लिनु पर्ने छ । यीनै स्टास गैर जिम्मेवारी भन्दै नगरले ध्यानाकर्षणका लागि विज्ञाप्ती मार्फत भर्तसना गरेको हो ।
उनले कवुलियत बनको मुद्धा हारे त्यसको जिम्मेवारी बर्तमन मेयर अशोक कार्कीले लिनु पर्ने उल्लेख गरेको छ ।

