Wednesday, June 10News That Matters

गाईघाटमा तुलसी बहुमुखी सहकारी र बचतकर्ताबिच छलफल जारी, तत्काल बचत फिर्ताको माग

पूर्णपुष्टि,माघ २९ । गाईघाटको तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताहरुको अझै चित्त बुझाउन सकेको छैन् । आईतवार जिल्ला प्रशासन कार्यालयमा सहकारीका संञ्चालक समिति र बचतकर्ताबिच छलफल अझै जारी छ ।

आज दिउँसो जिल्ला प्रशासन कार्यालय उदयपुरमा सहकारीका प्रतिनिधि र सिमित बचतकर्ताहरु बिच समाधानको बिषयमा भएको छलफल अझे निष्कर्शमा पुग्न सकेको छैन् । यता बचतकर्ताहरुले भने आफ्नो बचत तत्काल फिर्ताको माग गर्दै संस्थालाई धर्ना दिरहेको छ । गाईघाट शाखामा करिब ४२ सयको हाराहारीमा बचतकर्ताहरु रहेका छन् । जसमा एकै व्यक्तिले २ करोड भन्दा बढी बचत गरेको बुझिएको छ । केहि बचतकर्ताहरु भने आम्दानीलाई थप बढाउने भन्दै खाईनखाई बचत गरेको अवस्था रहेको जनाईएको छ । केहिदिन देखी बिराटनगरबाट संञ्चालक फरार हल्लापछि बचतकर्ताहरु त्रसित भएका थिए ।

सहकारीले पहिलो चरणको छलफलबाट ७ जनाको समिति बनाएर दोस्रो चरणको छलफल चलाउने जनाएको छ । सहकारीका अध्यक्षको अनुपस्थितका कारण समस्याको समधान हुन नसकेको हो । अध्यक्ष मंगलबार मात्रै आउने भएपछि सामाधान पाटोको बिषयमा छलफल गरिने जनाएको छ ।