Wednesday, June 10News That Matters

सूचना बिहिन बेरोजागारको घरघरमै अभिमुखीकरण

पूर्णपुष्टि,माघ २९ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उदयपुरका भिन्नि वडाहरुमा बेरोजगार सूचिमा दर्ता हुन आवेदन प्रक्रियाबारे भिमुखिकरण सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका वडा नं। १२ र १४ का स्थानीयहरुको घरमै पुगि भिमुखिकरण कार्यक्रम गरिएको हो ।

श्रमको सम्मान राष्ट्रको अभियान भन्न मुल नाराका साथ १८ वर्ष देखि ५९ बर्ष उमेर समुहका महिला आदिवासी जनजाती दलित तथा अन्य सिमान्तकृत समुदाय र संवधित सरोकारवालाहरुको उपस्थितिमा उक्त कार्यक्रम संञ्चालन गरिएको प्रधानमन्त्री रोजगार संयोजक निसा घलेले बताईन् । उनका अनुसार आ।व। २०८०र८१ को लागि बेरोजगार व्यक्तिको सुचिमा दर्ता हुन आवेदन प्रक्रियाबारे घरदैलो कार्यक्रम गरिएको हो ।

नेपाल सरकारले प्रत्यक वर्षको फागुन महिना भरी प्रधानमन्त्री रोजगार कार्यक्रमको आवेदन र्फमको लागि स्थानीय सरकारलाई पत्राचार गर्ने गरेका छन् । सोहि अनुसार स्थानीय बेरोजगार युवा पुस्ताहरुले आफ्नो वडामा गइ फर्म भर्नुपर्ने छ ।

पछिल्लो सयम सूचनाको पहुँच नपुगेका ठाउँहरुमा आफै पुगेर अत्ती बिपन्न वर्ग साथै एक्कल महिलाहरुलाई बिशेष प्राथामिकतामा राखेर प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रक्रियाहरु बुदागतरुपमा बुझाउँदै आएको संजोजक घलेले बताईन् ।