Tuesday, June 9News That Matters

रास्वपाले केन्द्रीय सदस्य थप्ने तयारी

पूर्णपुष्टि,फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने तयारी थालेको छ । सोमबार दिउँसो समितिको बैठक बस्दै दिउँसो तीन बजेका लागि बैठक बोलाइए र केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुने भएको हो ।

केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुन सक्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुनेछ । अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ।

यसैबीच रास्वपाले चितवन९२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सन गरेर छान्ने भएको छ । उक्त क्षेत्रमा यसअघि पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता मुद्दामा उनको पद बदर भएपछि निर्वाचन आयोगले २०८० वैशाख १० गते चितवन– २ मा उपनिर्वाचन गर्दैछ।