Wednesday, April 22News That Matters

रियल मड्रिडले जित्यो कीर्तिमानी १५ औं पटक च्याम्पियन लिगको उपाधि

पूर्णपुष्टि, जेठ २० । स्पानिस क्लब रियल मड्रिडले च्याम्यिन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनल खेलमा रियल मड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा गरेको हो ।

रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे । रियलका लागी दोस्रो हाफको ७४औं मिनेटमा कार्भाजल र ८३औं मिनेटमा भिनिसियलले गोल गरे । च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो ।