Tuesday, June 9News That Matters

रियल म्याड्रिड च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

पूर्णपुष्टि, चैत २ । स्पेनिस क्लब रियल म्याड्रिड युईफए च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दास्रो लेगमा भएको खेलमा रियलले लिभरपुललाई १–० गोलले हराउँदै क्वाटरफाईल प्रवेश गरेको हो ।

रियलको घरेलु मैदानमा भएको खेलको ७८ औं मिनेटमा बेन्जामाले गरेको गोल नै रियलको लागी निर्णायक गोल बन्यो । पहिलो लेगमा ५–२ को जित निकालेको रियलले समग्रमा ६–२ को जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । बेन्जामाको गोलमा भिनिसियस जुनियरले असिस्ट दिएका थिए ।

तर खेलको ८२ औं मिनेटमा लिभरपुलका स्टार डिफेन्डर भर्जिल भ्यान डाइकसँग ठोक्किएर बेन्जामाको खुट्टामा समस्या देखिएको थियो । उनको खुट्टामा समस्या देखिएको थाहा पाएपछि उनलाई मैदानबाट फिर्ता बोलाइएको थियो । प्रशिक्षक कार्लो एन्सेलोटीले बेन्जामाको स्थानमा ब्राजिलियन युवा स्टार रोड्रीगोलाई मैदान प्रवेश गराएका थिए ।

उनको खुट्टामा लागेको चोट सामान्य रहेको बताइएको छ । खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा प्रशिक्षकले बेन्जेमा बार्सिलोना विरुद्धको खेलका लागि उपलब्ध हुने आशा व्यक्त गरे । इन्टरनेसनल ब्रेक अगाडी रियलले यहि आइतबार राति लालिगामा बार्सिलोनाको सामना गर्दैछ । सो खेल अगाडी नै बेन्जेमा फिट हुने आशा रियल प्रशिक्षकले गरेका छन्।