
पूणर्पुष्टि, जेष्ठ, २३
पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोतिमा भएको घटना संलग्नको आसंकामा प्रहरीले थप ७ जनालाई बिहिबार पक्राउ गरेको छ । थप ७ जना सहित पक्राउ पर्नेहरुको संख्या २५ पुगेको छ ।
पिडित पक्ष बाट कर्तव्य ज्यानको किटानी जाहेरीको आधारमा यस अघि नै प्रहरीले १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पहिल्लो पटक जाहेरीमा नाम उल्लेखित गरिएका २ जना भने अझै पक्राउ गर्न सकिएको छैन् । उनिहरु फरार रहेको प्रहरीले जनाएको छ ।
यसअघि पक्राउ परेकाहरु १८ जनालाई अनुसन्धान गर्ने क्रममा थप ७ जनाको नाम जोडिए पछि उनिहरुलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।
नाम जोडिएर पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका-८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन् । अनुसन्धानको क्रममा यसअघि पक्राउ परेकाहरूको बयानमा उनीहरूको पनि नाम जोडिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अघिल्लोचोटि पक्राउ परेका १८ जनालाई बिहीबार नै जिल्ला अदालतबाट दोस्रो पटक १० दिनको म्याद थप भएको छ । जाजरकोटका दलित परिवारका नवराज विक सहित अन्य ५ जना केटि भगाउन भनि मल्ल परिवारकी १७ बर्षिय किशोरी सुस्मा मल्लको गाउँमा जाँदा स्थानीयहरुको आक्रमणमा परि उनिहरुको मृत्यृु भएको थियो ।
